विद्युतसेवा अवरुद्ध हुँदा रुकुमपूर्वका ३ सय घरधुरी अँध्यारोमा « Khabarhub

विद्युतसेवा अवरुद्ध हुँदा रुकुमपूर्वका ३ सय घरधुरी अँध्यारोमा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं.–३ स्थित पाँगामा विद्युत सेवा अवरुद्ध हुँदा ३ सय घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

गाउँमा विद्युत वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युतबाट हुने काम गर्न समस्या भएको छ ।

गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताइन् । विद्युत सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताए । उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो । विद्युत सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उनको भनाइ छ ।

अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : १४ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा