तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु | Khabarhub Khabarhub

तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार ए सलाम– अफ्रिकी मुलुक तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तीमा ६० जना मारिएका छन् ।

मोरोगोरो क्षेत्रमा भएको दुर्घटनामा अरु ७० भन्दा धेरै घाइते भएका छन् । ट्यांकर विष्फोट भएको क्षेत्र तान्जानियाको सबैभन्दा ठूलो शहर दार एस सलामदेखि २० किलोमिटर टाढा पर्छ ।

प्रहरीले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दालगायत खटिएको जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने आँकलन गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो । ट्यांकर पल्टेर चुहिरहेको इन्धन जम्मा पार्न स्थानीयहरु भेला भएका बेला ट्यांकर विष्फोट भएको बताइएको छ ।

ट्यांकर विष्फोट हुने बेला स्थानीयहरु तेल जम्मा पार्न भेला भएका कारण ठूलो मानवीय क्षति भएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : ४९ बजे

लेखा समिति सभापति पोखरेलका ‘स्वकीय’विरुद्ध पक्राउ पुर्जी

विराटनगर– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौं– हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने

लम्कीचुहाका विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो घर

घोडाघोडी– कैलालीको लम्कीचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण

सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

संसदीय समितिमा बोल्दा बोल्दै रोकेपछि सभापति खतिवडामाथि खनिए कांग्रेस सांसद थानी

काठमाडौं- सोमबार सिहंदरबारमा संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको