साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार « Khabarhub

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ । आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर रु ४७ करोड ४१ लाख ५१ हजार ७२९ मूल्यमा खरीद बिक्री भए ।

बिहिबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो । बिहिबार रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मूल्यमा खरीदबिक्री भएका थिए । यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो । स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए ।

यस्तै मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो । सो दिन कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से परिसूचकसामान्य अङ्कले वृद्धि भयो । परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरीदबिक्री भए ।

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो । कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : ४८ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी