नेपाली नागरिकको हत्या आरोपमा फरार एक भारतीय ट्याटुका कारण पक्राउ परे « Khabarhub

नेपाली नागरिकको हत्या आरोपमा फरार एक भारतीय ट्याटुका कारण पक्राउ परे


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा एक नेपालीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको हातमा रहेको ट्याटूका कारण उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

भेष बदल्ने बहुरुपी हत्याराको हातमा रहेको ट्याटूका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ती हत्यारालाई धेरै लामो समयदेखि खोजी गर्दै आएको थियो ।

गत जुन महिनामा राजधानी दिल्लीमा हरबीर नाम गरेका व्यक्तिले एक नेपालीको हत्या गरेका थिए । मदिरा पसलमा ती भारतीय नागरिकले एक नेपालीलाई मदिरा खान दिए । मदिराले लट्ठ भएपछि ती नेपालीले भारतीय नागरिकको पैसा लुट्न खोजेपछि उनीहरुबीच हात हालाहाल भयो । हरबिरले यतिकैमा नजिकै रहेको ढुङ्गाले हानेर ती नेपालीलाई मारिदिए । त्यसपछि उनी फरार थिए ।

हत्या भएको स्थान नजिकै रहेको दारुको लेबलमा रहेको बारकोडका आधारमा प्रहरीले उनीहरुले रक्सी किनेको दारु दुकान फेला पार्यो । सीसीटिभी फुटेजबाट मृतक र हत्याराको पहिचान भयो । हत्यारा हरबिरको हातमा ट्याटू थियो । त्यसपछि हरबिर प्रहरीसँगबाट बच्न आफ्नो भेष बदल्दै हिड्न लागे । प्रहरीसँग हत्या आरोपी हरबिरसम्म पुग्न ट्याटूबाहेक कुनै सुराकी थिएन ।

एकदिन हत्यारा हरबिर रक्सी किन्न भेष बदलेर त्यही दुकान पुगे । प्रहरीले दारु दुकानको कडा निगरानी गरिरहेका बेलामा सीसीटिभीको फुटेज पुनः जाँच गरियो । हातमा रहेको ट्याटूका आधारमा प्रहरीले हरबिरलाई चिन्यो र पक्राउ गर्यो । पक्राउ परेका हरबिर हाल दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीविरुद्ध कानून प्रक्रिया अघि बढाइएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ४४ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै