कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच « Khabarhub

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जाँच गर्ने ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । सुत्केरीपछि आमा र नवजात शिशुको स्वास्थ्य थप संवेदनशील हुने भए पनि सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना तथा स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने अवस्थाका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको महानगरपालिकाको भनाइ छ ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि मात्रै आमा र शिशु पूर्णरूपमा सुरक्षित भएको मान्न सकिँदैन । प्रसूतिपछिका केही दिन आमा र नवजातलाई स्वास्थ्यकर्मीको निगरानी आवश्यक पर्ने भएकाले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको उनले बताइन् ।

कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेछन् । परीक्षणका क्रममा आमामा हुने रक्तश्राव, सङ्क्रमण, उच्च रक्तचापलगायत समस्या तथा नवजात शिशुमा देखिन सक्ने विभिन्न स्वास्थ्य जटिलता पहिचान गरिनेछ ।

समयमै स्वास्थ्य समस्या पहिचान गरी आवश्यक उपचार तथा थप स्वास्थ्य सेवाका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने र आमा तथा नवजात शिशुको स्वास्थ्य जोखिम घटाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण हुने दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यस्तो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ ।

महानगरपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कामपाका १ दशमलव १८ प्रतिशत महिलाले दुई पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए । आव २०८१/८२ मा यस्तो स्वास्थ्य परीक्षण दर ११ दशमलव १८ प्रतिशत पुगे पनि आव २०८२/८३ मा घटेर ४ दशमलव ७१ प्रतिशतमा सीमित भएको थियो ।

महानगरपालिकाले घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्थाबाट सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य निगरानी थप प्रभावकारी हुने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ३८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा