बुद्धिष्ट तामाङ्ग सुधार समितिको ल्होसार भव्य बन्यो « Khabarhub

बुद्धिष्ट तामाङ्ग सुधार समितिको ल्होसार भव्य बन्यो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २८५५ औं फा ल्हो (बदेंल बर्ग)को सोनाम ल्होसारको अवसरमा नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीले गोकर्ण नगगरपालिकाको माकलबारीको बस पार्कमा साँस्कृतिक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ ।

कार्यक्रममा सभापतिका रुपमा अध्यक्ष कमान सिहँ तामाङ, प्रमुख अथिती गोकर्णेश्वर नगरपालिकाका मेयर शन्तोष चालिसे, बिशेष अथितिहरुमा पुर्व उपसभापति महेन्द्र थिङ तामाङ, नुवाकोट दुप्चेश्वर गाँउपालिका प्रमुख योबिन्द्र सिं तामाङ, गोकर्णेश्वर महानगरपालिकाकी उपमेयर शान्ति नेपाल, शिवपुरी गाउपालिकाकी उपप्रमुख मञ्जु के।सी, महानगर प्रहरी बृत बौद्धका डिएसपी नरेन्द्र चन्द, सल्लाहकार दिपक रिसाल रहेका थिए ।

कार्यकमका प्रमुख अथिति शन्तोष चालिसेले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे । संस्थाका उपाध्यक्ष रुप तामाङले कार्यकममा स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा अतिथिको रुपमा संरक्षक सुनबहादुर तामाङ, गोनपा ४ का वडाअध्यक्ष श्रीकुमार श्रेष्ठ, गोनपा ५ का वडाअध्यक्ष नारायण बहादुर सुबेदी, गोनपा ६ का वडासदस्य नवराज लामा, संस्थापक एबं बरिष्ठ सल्लाहकार मुइजित ब्लोन तामाङ्ग, बरिष्ठ उपाध्यक्ष रुप तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार राजेन्द्र तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार नरेश तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार पुर्णबहादुर तामाङ, सल्लाहकार प्रेम बहादुर तामाङ, अधिबक्ता एवं कानुनी सल्लाहकार नरहरी आचार्य, अन्तरराष्ट्रिय तामाङ परिषद्का सचिब रबिन तामाङ, माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पा, बागमति सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष रुप तामाङले कार्यकममा स्वागत मन्तब्य राखेका थिए । नेपालमा रहेको ७७ वटै जिल्लामा रहेका ल्होसार प्रेमी दाजुभाईहरुले एउटै ल्होसार बनाएर एकमुष्ट रुपमा मनाउनुपर्ने र यसको लागि नेपाल तामाङ घेदुङले सहयोग गर्नुपर्नेमा जोड दिए । गोकर्णेश्वर नगरपालिकाका मेयर शन्तोष चालिसेले ल्होसार पर्वको शुभकामना व्यक्त गर्दै धर्म संस्कृतिको हिसाबले नेपाल संसारकै धनी मुकुल भएको हुँदा विभिन्न पर्वको संरक्षण गर्नु हामी सवैको दायित्व भएको तर्क गरे ।

कार्यक्रमका बिशेष अथिती शान्ति नेपालले सोनाम ल्होसारले धर्म, संस्कृति र पर्यटनलाई टेवा पुर्याइरहेको बताइन् । आफ्नो धर्म संस्कृति नबिर्सी परम्परागत ढङ्गले अगाडि बढ्नको लागि पनि उपमेयर नेपालले आग्रह गरिन् । गोनपा वडा नं ४ का अध्यक्ष श्रीकुमार तामाङले नेपाल बिविधताले भरिएको देशमा जाती संस्कृती मौलिकतालाई संरक्षण गर्न जोड दिनुपर्ने बताए ।

सल्लाहकार दिपक रिसालले कार्यक्रममा उपस्थीत हुने सबैलाई धन्यबाद ज्ञापन गर्दै ल्होसारको सवैमा शुभकामना व्यक्त गरे । नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीका महासचिव गिरी बहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ५७ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित