अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन « Khabarhub

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावतलाई सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ ।

बाढीले आवागमन ठप्प भएपछि उत्तरगया-१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए । तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ ।

यात्राको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जना मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार तुइनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीबाट दुई-दुई जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ ।

यो वैकल्पिक व्यवस्थाले सडक पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ७ : २९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको