विश्वकप छनोटः नेपाललाई खेलमा फर्किने मौका « Khabarhub

विश्वकप छनोटः नेपाललाई खेलमा फर्किने मौका


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को संयुक्त छनोट खेल अन्तरगतको दोस्रो खेल नेपालले आज आफ्नो दोस्रो ‘अवे’ खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।

ताइवानको ताइपेइ रंगशालामा हुने खेल नेपालीसमय अनुसार दिउँसो ४ बजेर ५५ मिनेटमा शुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोलीका लागि खेलमा फर्किने अवसरका रुपमा ताइपेइसँगको खेललाई लिइएको छ ।

पहिलो खेलका कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको नेपाल ताइपेइविरुद्ध अंक खोस्ने लक्ष्यमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका मुय प्रशिक्षक योहान कालिनले पहिलो खेल गुमाए पनि दोस्रो खेलबाट लयमा फर्किने सम्भावना रहेको बताए ।

‘हामी पहिलो खेलमा पराजित भयौं। तर, हामी लयमा फर्किन चहान्छौं । हामी कहाँ चुक्यौं पत्ता लगाएका छौं,’ प्रशिक्षक कालिनले भने,‘हामी आफ्नो खेलमा फर्किने छौं जुन गल्ती कुवेतविरुद्ध भयो त्यो दोहोरिने छैन् ।’

प्रशिक्षक कालिनले ताइपेइ बलियो टोली रहेकाले यसलाई कमजोर भन्न नमिल्ने बताएका छन् । विपक्षी टोली ताइवानका प्रशिक्षकले आफ्नो टिमले शत प्रतिशत दिएर खेल्ने बताएका छन् । पहिलो खेलमा पराजित भएको ताइवानका लागि पनि नेपालसँगको खेलमा राम्रो खेल्नुको विकल्प नरहेको प्रशिक्षक लुइस लानकास्टरले बताए ।

 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ०१ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद