नेता वामदेवलाई पनि डेंगुको शंका « Khabarhub

नेता वामदेवलाई पनि डेंगुको शंका


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई डेंगुको आशंका गरिएको छ । केहि दिनदेखि अस्वस्थ गौतमको स्वास्थ्य परीक्षण गर्दा डेंगुको लक्षण देखिएको हो ।

नेता गौतमको हिजो (सोमबार) टेकु अस्पताल स्वास्थ्य परीक्षण गरिएको थियो । लगातार ज्वरो आएको र अधिंकाश लक्षण डेंगुको सँग मिल्दो जुल्दो रहेको चिकित्सकले बताएका छन् ।

गौतम केहिसमय अघि सिंगापुर गएको र त्यहीबाट नेता गौतममा पनि सरेको हुनसक्ने अनुमान गरिएको छ। सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको थियो ।

पछिल्लो समय नेपालमा पनि डेंगुको संक्रमण बढ्दो छ । यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ।

रुइतको परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ । यस अघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : २५ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका