नेदरल्यान्ड र जर्मनले जित हात पार्दा इस्टोनिया र नर्दन आयरल्यान्ड पराजित « Khabarhub

नेदरल्यान्ड र जर्मनले जित हात पार्दा इस्टोनिया र नर्दन आयरल्यान्ड पराजित


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन च्याम्पियनसीप क्वालिफायरको समूह सी मा रहेको नेदरल्यान्डले इस्टोनियालाई पराजित गरेको छ । गएराति भएको खेलमा डच टोलीले इस्टोनियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो ।

नेदरल्यान्डका लागि रायन बाबेलले २ गोल गरे भने माम्फिस डेपे र जर्जियानो विज्नाल्डुमले समान एक–एक गोल गरे । बाबेलले खेलको १७ औं र ४८ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाइ रहँदा डेपेले ७६ औं मिनेट र विन्नाल्डुमले ८७ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, समूह सी कै अर्को टोली जर्मनले नर्दन आयरल्यान्डलाई पराजित गरेको छ ।

जर्मनले आयरल्यान्डलाई २–० गोलद अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको जर्मनका लागि ४८ औं मिनेटमा मार्सल हेलस्टेनबर्गले गोल गर्दै टोलीलार्य अग्रता दिलाएका थिए भने सेर्ज ग्नार्बेले गोल इन्जोरी समयमा गोल गर्दै टिमलाई २–० को जित दिलाएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ३५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज