यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा « Khabarhub

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् ।

तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ ।  हरियो खुर्सानी अझ बढी फाइदा जनक हुन्छ । हरियो खुर्सानी धेरैले खानासँग रुचाउँछन् । हरियो खुर्सानीको स्वाद मात्रले पनि मानिसलाई भोक जगाउने गर्दछ ।

हरियो खुर्सानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । दैनिक खानामा सीमित मात्रामा हरियो खुर्सानी खाने हो भने यो स्वास्थ्यलाई लाभ पुर्‍याउने गर्दछ । हरियो खुर्सानी खानुको फाइदा यस्ता छन्–

– दैनिक सीमित मात्रामा हरियो खुर्सानीको सेवन गर्नाले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउछ ।
– खुर्सानीको सेवन गर्ने ब्यक्तिमा नाकको रक्तसञ्चार, रुघा वा पिनासको समस्या कम हुन्छ ।
– हरियो खुर्सानीको सेवनले शरीरमा गर्मी बढाई चिसोबाट बचाउछ । साथै दुखाई पनि कम गर्छ ।
– हरियो खुर्सानीले शरीरमा कमी भएको भिटामिन ‘सी’को मात्रालाई बढाई शरीर स्फुर्त राख्दछ ।
– इन्जाइम बढाउन, मानिसको स्वभाव परिवर्तनमा नियन्त्रण पाउन समेत खुर्सानी उपयोगी छ ।
– ब्लड सुगर नियन्त्रण गरी शरीरमा सुगरको मात्रा सन्तुलन राख्न हरियो खुर्सानी लाभदायक छ ।
– शरीरमा आइरनको कमी हुनेले हरियो खुर्सानीको सेवन गरे यसले आइरनको परीपूर्ति गर्छ ।
– आँखा कमजोर भएकाहरुले खानामा हरियो खुर्सानीको सेवन गरे बिस्तारै आँखा तेजिलो हुन्छ ।
– छालाको संक्रमण र बाहिरी रोगको प्रभाव रोक्न समेत हरियो खुर्सानीको सेवन उपयोगी मानिन्छ ।
– चोट वा घाउ लाग्दा हुने रक्तश्राव रोक्न समेत हरियो खुर्सानीको सेवन लाभदायी हुन्छ ।
– हरियो खुर्सानीमा हुने बेटा क्यारोटिनले हृदयरोगबाट समेत बचाउँछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ४४ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको