चिनियाँ विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ ।

काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड होटल मेरियट पुगेका थिए ।

दुई नेताबीचको भेटवार्तामा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनाका विषयमा छलफल भएको जनाइएको छ ।

आइतबार साँझ काठमाडौं आइपुगेका विदेशमन्त्री यी त्यसयता राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त छन् ।

विदेशमन्त्री यी सोमबार दिउँसो नेपाल–चीन परराष्ट्रमन्त्री बैठकमा सहभागी भएका थिए । उक्त वैठकमा नेपाल र चीनबीच विभिन्न ३ वटा सम्झौतामा समेत हस्ताक्षर भएको थियो ।

विदेशमन्त्री यीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ५३ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका