माइक्रोवायोलोजीस्टको दर्ता प्रक्रियामा छलफल गर्न समिति गठन « Khabarhub

माइक्रोवायोलोजीस्टको दर्ता प्रक्रियामा छलफल गर्न समिति गठन


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल माइक्रोवायोलोजीका विद्यार्थीको दर्ता प्रक्रियामा देखिएको समस्या समाधानका नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले समिति गठन गरेको छ ।

परिषद्ले लाइइसेन्स नदिँदा आफूहरु अध्ययनपछि रोजगारीको अवसरबाट बञ्चित भएको भन्दै माइक्रोवायोलोजीका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि परिषद्ले सो विषयमा अध्ययन गर्न समिति गठन गरेको हो ।

परिषद्का सदस्य मुकेशकुमार झाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी उनीहरुको समस्याको विषयमा अध्ययन शुरु भएको परिषद्का अध्यक्ष राम प्रसाद भण्डारीले बताए ।

‘मेडिकल माइक्रोवायोलोजीको दर्ताको विषय पहिलादेखि नै उठिरहेको हो, परिषद्को ऐन, नियमले परिषदबाट मान्यताप्राप्त नगरेको शैक्षिक संस्थाबाट अध्ययन गर्ने विद्यार्थीलाई दर्ता गर्न नमिल्ने व्यवस्था छ,’ भण्डारीले भने, ‘तर त्यो मान्यता नलिइ पनि मेडिकल कलेजहरुमा विद्यार्थीहरु उत्पादन भइरहेको अवस्था छ, स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएपनि विद्यार्थीहरुले दर्ता हुन पाउनुपर्छ भनेर आवाज उठाउनु भएको छ ।’

त्रिविले नै परिषद्मा पाठ्यक्रम दर्ता नगरी विद्यार्थी उत्पादन गरिरहेकाले उत्पादन भइसकेका विद्यार्थीहरुको समस्या समाधानका लागि समितिले विभिन्न निकायसँग छलफल गर्ने भण्डारीको भनाइ छ ।

‘त्रिवि कै क्याम्पसहरुमा उत्पादन पनि नरोकिएको अवस्था छ, उहाँहरुले हामी स्वास्थ्यकर्मी नै हौं भन्नुभएको छ त्यसैले उहाँहरुको माग सम्बोधन गर्न सबैपक्षसँग छलफल गरेर दर्ता गर्न सकिने नसकिने भनेर समितिले छलफल गर्नेछ, ’ भण्डारीले भने, ‘समितिले नै सबै सरोकारवालासँग छलफल गरेर प्रतिवेदन आएपछि नै उनीहरुको समस्या समाधान हुन सक्ने वा नसक्ने टुंगो लाग्छ ।’

परिषद्मा गठित ५ सदस्यीय समितिलाई तीन साताको समयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ०५ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक