प्रदेश नम्बर २ सरकारले पनि संविधान दिवस मनाउने, राजपा भने विरोधमा « Khabarhub

प्रदेश नम्बर २ सरकारले पनि संविधान दिवस मनाउने, राजपा भने विरोधमा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को सरकारले पनि असोज ३ गते भव्यताका साथ संविधान विदस मनाउने निर्णय गरेको छ ।

प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।

संविधान दिवसको अवसरमा असोज २ गते डेंगु लगायत विभिन्न प्रकारका सरुवा रोगको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । यस्तै, ३ गते प्रदेशका विभिन्न शहर र नगर क्षेत्रमा सरसफाइ गर्ने निर्णय भएको छ ।

केन्द्र सरकारले भने यसअघि नै भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरिसकेको थियो । केन्द्र सरकारले घरघरमा राष्ट्रिय झण्डा राखी दीपावली गरेर संविधान दिवस मनाउन सम्पूर्ण नागरिकहरुमा समेत अनुरोध गरेको छ ।

संविधान जारी हुँदाका बेला आन्दोलनमा रहेको २ नम्बर प्रदेश (मधेस)मा संविधान दिवसलाई लिएर पनि विवाद हुने गर्दछ ।

संविधान दिवसका विषयमा प्रदेश नम्बर २ का दुई सत्ता साझेदार दल समाजवादी पार्टी र राजपा नेपालबीच विवाद उत्पन्न भएको छ ।

प्रदेश मन्त्रिपरिषद बैठकले भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेपछि प्रमुख सत्ता साझेदार दल राजपाले भने त्यस्तो निर्णयप्रति असहमति जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १२ : ०४ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका