नेपाली टीम नादेझ्दा कपको फाइनलमा « Khabarhub

नेपाली टीम नादेझ्दा कपको फाइनलमा


२४ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्गिस्तानको नादेझ्दा कप महिला फुटबल प्रपितयोगितामा नेपाली राष्ट्रिय महिला टोलीले ताजकिस्तानलाई पराजित गरेको छ ।

सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ताजकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८६ औं मिनेटमा नेपाली टोलीका लागि स्टार खेलाडी सावित्राले हेड मात्रर्फत गोल गरेकी हुन् । पेनाल्टी बक्सभित्रबाट सावित्राले गरेको डेड सोझै ताजकिस्तानको गोल पोष्टमा पुगेको थियो ।

जीतसँगै नेपाली टोली फाइनल पुगेको छ । यसअघि किर्गिस्तानलाई ८–२ पराजित गरेको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० पराजित भएको थियो । लिगमा २ खेल जितेको महिला टोली नादेझदा कपको फाइनल पुगेको छ ।

१३ दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको नेपाली टोली त्यसैको अभ्यासका खेलका रुपमा किर्गिस्तान पुगेको हो ।

प्रकाशित मिति : २४ भदौ २०७६, मंगलबार  १ : ४७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको