कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ « Khabarhub

कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार साँझ करिब ५ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरमा एउटा सूचना आयो, एउटा व्यक्ति कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका छन् ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट विशेष टोली परिचालन भयो । टोली परिचालन भएको करिब डेढ घण्टा पछि, ७ बजे आसपास एकजना व्यक्ति पेस्तोलसहित पक्राउ परे ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भएका ३८ वर्षीय शम्भुप्रसाद साह छन् ।

प्रहरीका अनुसार साह एकजना व्यक्तिको ‘हत्या गर्न’ राजधानी काठमाडौं आएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले साह सोमबार नै भक्तपुर पुगेको बताए । एसपी प्रधानका अनुसार साह बीपी राजमार्गको बाटो भएर सार्वजनिक यातायात चढेर काठमाडौं आएका थिए ।

भक्तपुर ओर्लिएको करिब ३ घण्टापछि साह पक्राउ परेका एसपी प्रधानले बताए ।

‘उनले कसैको हत्या गर्ने योजना बनाएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी प्रधानले खबरहबसँग भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले साहको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ । प्रहरीका अनुसार साहले १ राउण्ड गोली पेस्तोलमा लोड गरिसकेका थिए भने ४ राउण्ड गोली खल्तीमा राखेका थिए ।

प्रहरीले उनी ‘सार्पसूटर’ भएको आशंकामा उनको ‘क्रिमिनल ब्याकग्राउण्ड’ (अपराधिक पृष्ठभूमि)को अध्ययन पनि थालेको छ ।

‘उनी यसअघि पनि कुनै घटनामा संलग्न थिए कि भन्ने आशंकामा उनको क्रिमिनल ब्याकग्राउण्ड पनि अध्ययन गरिरहेका छौं,’ एसपी प्रधानले भने, ‘अहिले सबै विषय अनुसन्धानकै क्रममा छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : ०७ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका