सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग « Khabarhub

सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशलाई लिएर सांसदहरुले आदेश जारी गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने सम्मको माग गर्न थालेका छन् ।

प्रतिनिधिसभाको पछिल्लो वैठकको शुन्य तथा विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले एनसेल प्रकरणमा सर्वोच्चद्वारा जारी आदेशको विषय उठाउने गरेका छन् ।

यस क्रममा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एनसेलको पूँजीगत लाभकर छुट हुने गरी आदेश दिने सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग नै दर्ता गर्नुपर्ने माग राखे ।

म‌ंगलबार प्रतिनिधिस बैठकको शून्य समयमा बोल्दै सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाउनुभएको छ ।

सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : २४ बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने