सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग « Khabarhub

सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशलाई लिएर सांसदहरुले आदेश जारी गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने सम्मको माग गर्न थालेका छन् ।

प्रतिनिधिसभाको पछिल्लो वैठकको शुन्य तथा विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले एनसेल प्रकरणमा सर्वोच्चद्वारा जारी आदेशको विषय उठाउने गरेका छन् ।

यस क्रममा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एनसेलको पूँजीगत लाभकर छुट हुने गरी आदेश दिने सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग नै दर्ता गर्नुपर्ने माग राखे ।

म‌ंगलबार प्रतिनिधिस बैठकको शून्य समयमा बोल्दै सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाउनुभएको छ ।

सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : २४ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका