प्रधानसेनापतिको सम्पत्ति– १० लाखको हिरा, २० रोपनी जग्गा « Khabarhub

प्रधानसेनापतिको सम्पत्ति– १० लाखको हिरा, २० रोपनी जग्गा


२४ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) अन्तर्गत सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले आफ्नो वेबसाइटमा समेत प्रधानसेनापति थापाको सम्पत्ति विवरण राखेको छ ।

प्रधानसेनापतिले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं महानगरपालिका–२६ मा २ सय ८२.१९ वर्गमिटर क्षेत्रफलमा उनको घर छ । उक्त घर आमाबाट बकसको रुपमा पाएको थापाले उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले आफ्नो तथा श्रीमती दिपा थापाको नाममा काठमाडौं र लमजुङमा गरी करिब २० रोपनी जग्गा भएको उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले आफूसँग सुन ५५ तोला, चाँदी ५ सय ९० तोला र अन्दाजी १० लाख रुपैयाँ बराबरको हिरा भएको उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले विभिन्न बैंकमा गरी साढे १७ लाख नेपाली रुपैयाँ र ५ हजार ९ सय ७० अमेरिकी डलर मौज्दात रहेको उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले आफ्नो र श्रीमतिका नाममा गरी विभिन्न कम्पनीको साधारण र प्रमोटर गरी करीब ४३ लाख १५ हजार बराबर शेयरमा लगानी रहेको बताएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७६, मंगलबार  ४ : २७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण