प्रधानसेनापतिको सम्पत्ति– १० लाखको हिरा, २० रोपनी जग्गा « Khabarhub

प्रधानसेनापतिको सम्पत्ति– १० लाखको हिरा, २० रोपनी जग्गा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) अन्तर्गत सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले आफ्नो वेबसाइटमा समेत प्रधानसेनापति थापाको सम्पत्ति विवरण राखेको छ ।

प्रधानसेनापतिले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं महानगरपालिका–२६ मा २ सय ८२.१९ वर्गमिटर क्षेत्रफलमा उनको घर छ । उक्त घर आमाबाट बकसको रुपमा पाएको थापाले उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले आफ्नो तथा श्रीमती दिपा थापाको नाममा काठमाडौं र लमजुङमा गरी करिब २० रोपनी जग्गा भएको उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले आफूसँग सुन ५५ तोला, चाँदी ५ सय ९० तोला र अन्दाजी १० लाख रुपैयाँ बराबरको हिरा भएको उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले विभिन्न बैंकमा गरी साढे १७ लाख नेपाली रुपैयाँ र ५ हजार ९ सय ७० अमेरिकी डलर मौज्दात रहेको उल्लेख गरेका छन् ।

प्रधानसेनापति थापाले आफ्नो र श्रीमतिका नाममा गरी विभिन्न कम्पनीको साधारण र प्रमोटर गरी करीब ४३ लाख १५ हजार बराबर शेयरमा लगानी रहेको बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : २७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि