प्रदेश-३ लोकसेवा आयोगको विधेयक पारित « Khabarhub

प्रदेश-३ लोकसेवा आयोगको विधेयक पारित


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ३ को प्रदेशसभाको मंगलबार अपराह्न बसेको बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको कार्यविधि र व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पारित गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव राखेका थिए । सो विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले प्रदेशको १३ जिल्लामा विकासको पूर्वाधार निर्माण र अर्धन्यायिक कार्यालयको भूमिकालाई सेवामुखी बनाउन निजामती कर्मचारीहरुको आवश्यक परेकोले कानूनी प्रक्रिया अवलम्बन गरी कर्मचारी नियुक्ति र दरबन्दीको पदस्थापन गर्न लोकसेवा आयोगको भूमिका प्रदेशमा आवश्यकता परेको बताए ।

मुख्यमन्त्री पौडेलले सरकारको नीति कार्यक्रमअनुसारको योजना बाँडफाँट र योजना कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमार्फत निर्माण कार्य भइरहेको र त्यसको तत्काल अनुगमन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको बताए ।

उनले बाढीपहिरोबाट पीडित भएका परिवारलाई सम्बन्धित निकायमार्फत तत्काल उद्धार र राहत वितरण कार्य हुनुको साथै मृतकको परिवारलाई जनही रु एक लाख अनुदान उपलब्ध गराइएको पनि स्पष्ट पारे ।

बैठकमा लोकसेवा आयोगको विधेयकमाथि सदस्यहरुले पर्याप्त समय लिई दफावार छलफलका लागि केही समय आवश्यक परेको माग गर्नुहुँदै लोकसेवा आयोगलाई राजनीतिक दलको हस्तक्षेपबाट मुक्त राखी निष्पक्ष रूपमा कर्मचारी नियुक्ति गर्नुपर्ने सुझाव राखेका थिए ।
प्रदेशसभा सदस्यहरु न्हुच्छेनारायण श्रेष्ठ, नरोत्तम वैद्य, केशवराज पाण्डे र दीपक निरौलाले छलफलमा भाग लिएका थिए ।

बैठकमा अर्थ तथा विकास समितिका सभापति रमा आले मगरले सार्वजनिक–निजी–सरकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न २ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ०५ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत