बुबा हरेक सन्तानका लागि ‘रोल मोडल’ | Khabarhub Khabarhub

बुबा हरेक सन्तानका लागि ‘रोल मोडल’


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पितृ देवो भवः । अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् ।

ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन् । यहाँ हामीले बुबा र सन्तानप्रति विश्वका विभिन्न चर्चित व्यक्तित्वहरुका भनाइहरु उल्लेख गरेका छौं । एकपटक पढ्नुस् र मनन गर्नुहोस्–

  • जब बुबाले सन्तानलाई केही दिन्छन् तब बुबा र सन्तान दुबै हाँस्छन् । तर जब सन्तानले बुबालाई केही दिन्छन्, तब बुबा र सन्तान दुबै रुन्छन् । – विलियम शेक्सपियर
  • तपाईंको जिवनमा सयौं शिक्षक भन्दा तपाईंको बुबा महान हुनुहुन्छ । – जर्ज हबर्ट
  • बुबा बन्नु भनेको तिमी आफ्नो सन्तानका लागि रोल मोडल बन्नु हो । – वेन रुनी
  • मलाई मेरो बुबाले सपना दिनुभयो त्यही सपनाबाट मैले आफ्नो भविष्य देख्न सकें । – लिजा मित्रेली
  • बुबा बनिसकेपछि व्यक्तिलाई धेरै जिम्मेवारी बोध हुन्छ । तिमीले त्यो भन्दा अगाडी नदेखेका धेरै कुराहरु देख्न थाल्छौ – किड रक
  • मैले जिवनमा भेटेका कुनै पुरुष मेरो बुबाको बराबरीका मलाई लागेनन् । मैले मेरो बुबालाई जति माया अरु कुनै पुरुषलाई गरिनँ । – हेडय ल्यामर
  • आमाको माया पाउनका लागि तिमि योग्य हुनुपर्दैन, तर बुबाको माया पाउनका लागि तिमि योग्य बन्नुपर्छ ।– रोबर्ट फ्रोस्ट

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : १८ बजे

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार

काठमाडौं– एभरेष्ट बैंकले बिहीबार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका वडा नं

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

गलकोट– जैमिनी नगरपालिकाले एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी

कर्णाली राजमार्गमा ठूला सवारिसाधन सञ्चालनमा रोक

काँक्रेविहार– कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको