संस्कृतिविद् जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक « Khabarhub

संस्कृतिविद् जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर उनको तस्वीर अंकित गरिएका सिक्का सार्वजनिक गरेका हुन् ।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गरेका जोशीले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पु¥याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पारे ।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ४७ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको