संस्कृतिविद् जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक | Khabarhub Khabarhub

संस्कृतिविद् जोशीको तस्वीर अंकित सिक्का सार्वजनिक


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर उनको तस्वीर अंकित गरिएका सिक्का सार्वजनिक गरेका हुन् ।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गरेका जोशीले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पु¥याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पारे ।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ४७ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)