चाइनिज ताइपेईविरुद्ध नेपालको जीत, अन्जन बने नायक « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपालको जीत, अन्जन बने नायक


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेई विरुद्ध जीत हासिल गरेको छ ।

ताइपेइमा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपालको जितका लागि दुबै गोल अन्जन विष्टले गरे ।

खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप एक गोल गर्दै २–० को जित हासिल गर्न सफल भएको हो ।

ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले पहिलो गोल गर्न सफल भएको थियो । पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा आक्रामक रुपमा मैदानमा उत्रिए पनि गोल गर्न सकेन । उसका हरेक प्रहारलाई गोलकिपर किरणले बचाउ गरेका थिए ।

नेपालले खेलको ६२ औं मिनेटमा नेपालले देस्रो गोल गरेको थियो । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ५५ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको