नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्‍योः प्रशिक्षक कालिन « Khabarhub

नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्‍योः प्रशिक्षक कालिन


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फुटबल टोलीका प्रशिक्षक योहान कालिनले चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गरेको बताएका छन् ।

मंगलबार भएको खेलमा नेपाल चाइनिज ताइपेईविरुद्ध २–० ले विजयी भएसँगै उनले नेपाली टोलीले सोचेको भन्दा राम्रो प्रदर्शन गर्दा खेल नेपालको पक्षमा आएको बताए । उनले नेपाली टोलीलाई जिताउन महत्वपूर्ण दुई गोल गर्ने अन्जन विष्टको चर्चा गरे ।

‘हामी तीन अंकका लागि मैदानमा उत्रिएका थियौं, त्यो पूरा भयो । नेपालले शुरुवातमै गोल गरेपछि खेलाडीमा थप हौसला मिल्यो ।’ प्रशिक्षक कालिनले भने, ‘ताइपइको प्रदर्शन  निकै राम्रो रहँदा रहँदै पनि नेपाली खेलाडीले डिफेन्स मजबुत बनाए, गोल गर्नबाट चुक्यो । ताइपेईका हरेक प्रहारलाई गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ’

विश्वकप छनोटमा तीन अंक बटुलेको नेपाली टिमले अब अष्ट्रेलियासँग खेल्नेछ । पहिलो खेलमा नेपालले कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ३८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित