पाँचथरमा ७४ फिट अग्लो बुद्धको मूर्ति बनाइँदै « Khabarhub

पाँचथरमा ७४ फिट अग्लो बुद्धको मूर्ति बनाइँदै


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण थालिएको छ ।
वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको रु १५ लाखको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ ।

झण्डै रु आठ करोडको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको मूर्तिसहितको पार्कका लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताए ।

एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ । पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटक, भक्तजनहरु आउने उनले बताए ।

यस स्थानबाट पूर्वको पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ०० बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको