चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने « Khabarhub

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ ।

सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ ।

सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्रमन्त्रालय तीव्र तयारीमा जुटेको छ ।

बुधबारमात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको थियो । बुधबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीको भ्रमण तालिकाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गरेका थिए ।

दुई दिने नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ४६ बजे

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य