प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार « Khabarhub

प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबार सिंहदरबारमा संवाद गरिरहेका छन् ।

उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलका सांसदहरू सहभागी छन् ।

छलफलमा एमाले सांसदहरू सुहाङ नेम्बाङ र राजेन्द्रकुमार राई पनि सहभागी छन् । उता उक्त संवादमा श्रमसंस्कृत पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने सहभागी भएका छैनन् ।

शाहले बोलाएको बैठकमा यसअघि नै श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सहभागी नहुने बताइसकेका थिए ।

हर्कले प्रतिनिधिसभाको बैठक बोलाउन मागसहित कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसद सहभागी नहुने बताएका थिए ।

सोमबार प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरिरहेका छन्। उक्त कार्यक्रमका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।

तर अध्यक्ष साम्पाङले प्रमले बोलाएको कार्यक्रम बहिष्कारको निर्णयसहित तत्कालै प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनुपर्ने अडान राखे ।

‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । सदनको बैठक बोलाए त्यही कुरा राख्छौँ’, उनले भने, ‘हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ। जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन ! सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले !’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : २२ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई