प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार « Khabarhub

प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबार सिंहदरबारमा संवाद गरिरहेका छन् ।

उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलका सांसदहरू सहभागी छन् ।

छलफलमा एमाले सांसदहरू सुहाङ नेम्बाङ र राजेन्द्रकुमार राई पनि सहभागी छन् । उता उक्त संवादमा श्रमसंस्कृत पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने सहभागी भएका छैनन् ।

शाहले बोलाएको बैठकमा यसअघि नै श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सहभागी नहुने बताइसकेका थिए ।

हर्कले प्रतिनिधिसभाको बैठक बोलाउन मागसहित कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसद सहभागी नहुने बताएका थिए ।

सोमबार प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरिरहेका छन्। उक्त कार्यक्रमका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।

तर अध्यक्ष साम्पाङले प्रमले बोलाएको कार्यक्रम बहिष्कारको निर्णयसहित तत्कालै प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनुपर्ने अडान राखे ।

‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । सदनको बैठक बोलाए त्यही कुरा राख्छौँ’, उनले भने, ‘हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ। जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन ! सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले !’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : २२ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण