विद्युत् चोर्ने ४७ उपभोक्तालाई कारबाही « Khabarhub

विद्युत् चोर्ने ४७ उपभोक्तालाई कारबाही


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ।

गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले जानकारी दियो।

विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले दैनिक विशेष र छडके अनुगमन टोली खटाउँदै आएको छ। ‘चुहावट बढी भएको क्षेत्र हेरी दैनिक दुई टोली अनुगमनका लागि पठाएका छौं’, उनले भने, ‘विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेका छौं।’ चोरीमा संलग्न आफैं आएर आवश्यक जरिवाना तिर्ने गरेको प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा ३० दशमलव ८६ प्रतिशत विद्युत् चुहावट रहेको थियो भने गत आर्थिक वर्षमा २१ दशमलव ६८ प्रतिशतमा चुहावट नियन्त्रण गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १९ दशमलव ३० प्रतिशत प्रगति गर्न सफल भएको केन्द्रका प्रमुख प्रमुख चौधरीले बताए ।

उनका अनुसार, बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गत वर्ष गोलटाकुरी, फूलबारी र कचिलामा सबैभन्दा बढी विद्युत् चुहावट भएको थियो ।
स्थानीयवासीले विद्युत् पोलबाटै हुकिङ गरी लैजाने गरेको प्रमुख चौधरीले बताए । घरमा मिटर नै जडान नगर्ने तर विद्युत् चोरी गरी चलाउने गरेको भन्दै त्यस्ता उपभोक्तालाई कारवाही गर्न थालिएको उनको भनाइ छ ।

ग्राहकको संख्यामा वृद्धि

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि जिल्लामा विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा समेत वृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष तीन हजार २ सय ३५ ग्राहकको सङ्ख्यामा वृद्धि भएको छ ।

आव २०७४/७५ मा ३५ हजार ७५६ ग्राहक सङ्ख्या रहेकामा गत आवमा यो सङ्ख्या ३८ हजार ९ सय ९१ पुगेको छ । अघिल्लो आवमा ग्राहस्थ्यतर्फ कूल ३४ हजार ९ सय १४ ग्राहक सङ्ख्या रहेकामा गत वर्ष यसमा वृद्धि भई ३८ हजार ९४ पुगेको केन्द्रले जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा व्यापारिकतर्फ १ सय ५५ ग्राहक रहेकामा गत आर्थिक वर्ष त्यसमा वृद्धि भई १ सय ६८ पुगेको छ भने गैह्रव्यापारिकतर्फ १ सय ६४ बाट बढेर १ सय ७०, औद्योगिकतर्फ ३ सय ४७ बाट बढेर ३ सय ७१, सिँचाइतर्फ ८० बाट बढेर ८६, खानेपानीतर्फ २८ बाट बढेर २९, मन्दिरतर्फ ३३ बाट बढेर ३४ रसामुदायिकतर्फ २९ बाट बढेर ३४ पुगेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : ०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक