कावासोतीको डण्डामा दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

कावासोतीको डण्डामा दुर्घटना हुँदा एकको मृत्यु


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–नवलपरासीको कावासोती १६ डण्डामा बस र बलेरो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बोलेरो ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।

उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बोलेरो चालक पश्चिम नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको हो ।

मृतकको बोलेरो भित्रै च्यापिएकोले निकाल्न कठिन भएको थियो । राति साढे १० बजे दुर्घटना भएको भए पनि मृतकको शव राति सवा १ बजेतिर मात्र बोलेरोबाट निकालिएको घटना स्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले बताए ।

बेलेरोमा सवार अन्य ३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : ३२ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस