मौसमसँगै रंग बदल्ने अचम्मको नदी (फोटो फिचर) « Khabarhub

मौसमसँगै रंग बदल्ने अचम्मको नदी (फोटो फिचर)


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पानीको कुनै रंग र आकार हुँदैन । जुन रंगको भाँडामो राख्यो त्यस्तै आकार लिन्छ । पारदर्शी भाँडो राखिएको छ भने जुन रंगको भाँडो छ पानीको रंग पनि त्यस्तै देखिएला ।

बगिरहने पानीको रंग समयक्रमसँगै परिवर्तन भइरहन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता हो । कोलम्बियाको कानो क्रिस्टल नदी मौसम अनुसार रंग बदलिरहन्छ ।

यो नदीको विषेशता के छ भने जब मौसम परिवर्तन हुन्छ तब नदीले रंग फेर्न थाल्छ । यो नदी रातो, हरियो, नौरंगी, पहेँलो आदि हुन्छ । त्यसैले यो नदीलाई ‘लिक्वीड रेन्बो’ पनि भनिन्छ ।

सन् २००० भन्दा पहिले यहाँ हिंस्रक गतिविधिका केही गुट रहने गर्थे । जसका कारण नदीका आसपासको इलाका सुरक्षित थिएन । तर अहिले यसको ३० किलोमिटरको क्षेत्रमा कोलम्बियाको अधिकारमा चल्छ । यहाँ अहिले आरामले घुम्न सकिन्छ । 

केहीले यो नदी देखेर निकै नै अचम्म मान्ने गर्छन् । खास मौसममा सूर्यको प्रकाश र पानीको सीमासँगै यसले रंग बदल्ने गर्छ । जनवरीदेखि मे महिनासम्म यहाँ पर्यटकलाई जान निषेध गरिएको हुन्छ । किनकी यहाँ अत्याधिक गर्मी हुने गर्छ । यो नदीको रंग धेरैजसो हल्का या गाढा गुलाफी हुने गर्छ । तर कहिलेकाहीं नीलो, पहेँलो, नौरंगी र हरियो पनि हुने गर्छ ।

यो नदी हेर्न संसारभरका मान्छे त्यहाँ पुग्ने गर्छन् । प्रकृतिलाई बचाइराख्नका लागि यहाँ केही नियम भने बनाइएको छ । यो क्षेत्रमा सात भन्दा बढीको ग्रुप भएर जान पाइँदैन । यस क्षेत्रमा एक दिनमा दुईसय भन्दा धेरै पर्यटक जान नपाइने व्यवस्था छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : ५५ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा