चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ « Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएका ब्यानर च्यात्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौंको बिजुलीबजार (धोबीखोला पुल) र तीनकुने क्षेत्रमा लगाइएका फ्लेक्स ब्यानर च्यात्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजकुमार ठाकुर र गोपाल सार्की छन् । उनीहरुले मंगलबार राति ब्यानर च्यातेका थिए ।

तर, उनीहरुले किन ब्यानर च्याते भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १० : २० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको