सीको नेपाल भ्रमण– सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने | Khabarhub Khabarhub

सीको नेपाल भ्रमण– सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

दुई दिन राजकीय भ्रमणका क्रममा सी नेपाल आएको बेलामा सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने तयारी भएको समाचारहरु बाहिरिएका थिए ।

विहीवार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सीको नेपाल भ्रमणबारे छलफल गर्न प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन्धि नहुने जानकारी गराएका हुन् ।

सीको भ्रमको क्रममा सुपुर्दगी सन्धिको एजेन्डा नै नरहेको उनले बैठकमा जानकारी दिए ।

उनले सीको भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने जानकारी गराएको बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

प्रधामन्त्रीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल लगायत पूर्व परराष्ट्र मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

सी दुई दिने भ्रमणका लागि शनिवार नेपाल आउँदैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : २५ बजे

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु