सीको नेपाल भ्रमण– सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने « Khabarhub

सीको नेपाल भ्रमण– सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

दुई दिन राजकीय भ्रमणका क्रममा सी नेपाल आएको बेलामा सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने तयारी भएको समाचारहरु बाहिरिएका थिए ।

विहीवार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सीको नेपाल भ्रमणबारे छलफल गर्न प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन्धि नहुने जानकारी गराएका हुन् ।

सीको भ्रमको क्रममा सुपुर्दगी सन्धिको एजेन्डा नै नरहेको उनले बैठकमा जानकारी दिए ।

उनले सीको भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने जानकारी गराएको बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

प्रधामन्त्रीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल लगायत पूर्व परराष्ट्र मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

सी दुई दिने भ्रमणका लागि शनिवार नेपाल आउँदैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : २५ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति