छुट्टा–छुट्टै ठाउँमा भएका दुर्घटनामा परेर ६ जनाको मृत्यु « Khabarhub

छुट्टा–छुट्टै ठाउँमा भएका दुर्घटनामा परेर ६ जनाको मृत्यु


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुर, रौतहट, सप्तरी, बारा र नवलपरासी (पूर्व)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–५ होम्ताङस्थित सडकमा को २ ह ७६८६ नम्बरको टेम्पु दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

यात्रु सवार टेम्पु सडकदेखि करिब ६० मिटर तल खस्दा टेम्पुमा सवार हतुवागढि गाउँपालिका–४ खैराङ बस्ने मिलन राईकी ८ वर्षीया गुराँस राईको मृत्यु भएको हो ।

उनको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ मा ग १ ख ६१०७ नम्बरको बस र भारतीय नम्बर प्लेट बीआर ०५ एबी ८०५५ को कार ठोक्किँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर भारतीय नम्बर प्लेटको कारमा सवार भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको चपुर अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको खड्क नगरपालिका–८ बिसनपुर चोकमा बा ६८ प ६८८७ नम्बर र ज ६ प ६८५३ नम्बरको मोटरसाइकल ठोक्किँदा बा ६८ प ६८८७ नम्बरमा सवार सुरुङगा नगरपालिका–१ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र ज ६ प ६८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका–६ बिरपुर बस्ने २८ वर्षीय अनबारुल अनसारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

बाराको बारागढी गाउँपालिका–५ ना ३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नाम नखुलेका १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको न्यूरो अस्पताल वीरगंज अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–१६ मा ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको बोलेरो एकआपसमा ठोक्किँदा बोलेरो गाडीका चालकको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अर्का व्यक्तिको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : ४८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर