अस्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशालामा ओइरिए नेपाली समर्थक « Khabarhub

अस्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशालामा ओइरिए नेपाली समर्थक


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेल क्यानबेरास्थित जिआओ रंगशालामा केही बेरमा खेल्दैछ ।

अहिले रंगशालामा दर्शक आउने क्रम जारी रहेको छ भने मैदानमा खेलाडीहरु ‘वार्मअप’ गरिरहेका छन् ।

अस्ट्रेलियासँग खेल्न त्यहाँ पुगेको नेपाली टोलीलाई साथ दिन अस्ट्रेलियामा रहेका नेपालीहरु खेल हेर्न नेपाली झण्डासहित र‌ंगशाला पुगेका छन् ।

नेपाली समयानुसार २ बजेर ४५ मिनेटमा शुरु हुने खेलमा नेपाली खेलाडीले उच्च मनोबलका साथ मैदान उत्रिने प्रशिक्षक योहान कालिनले यसअघि नै बताइसकेका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक कालिनले कप्तान किरण चेमजोङको नेतृत्वमा शुरुवाती ११ घोषणा गरिसकेका छन् ।

जसमा टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठ र बिमल घर्ती मगर पहिलो रोजाइमा परेका छैनन् । उनीहरुको स्थानमा कालिनले युवा स्टार अभिषेक रिजाललाई अग्रपङ्तीको जिम्मा दिएका छन् ।

मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् भने डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  २ : ३० बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति