दशैं बिदापछिको शेयर बजार– पहिलो दिनमै ‘करेक्सन’ « Khabarhub

दशैं बिदापछिको शेयर बजार– पहिलो दिनमै ‘करेक्सन’


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजार पहिलो दिन (बिहीबार) झिनो अङ्कले घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर रु छ करोड ३८ लाख ४५ हजार ४११ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

यस्तै, होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२, जीवन बीमा ४५.१३ विन्दुले घटेका छन् । स्टकका अनुसार कारोवारका आधारमा बिहीबार प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २ करोड ५५ लाख ५ हजार ४२६, सिद्धार्थ बैंक रु ३९ लाख ७५ हजार ६८२, महालक्ष्मी विकास बैंक रु ३५ लाख १५ हजार ४९१, नेपाल इन्भेस्टमेन्ट बैंक रु ३४ लाख ५८ हजार, सनराइज बैंक रु १३ लाख १६ हजार ७०९ र शिवम् सिमेन्ट रु १२ लाख ९३ हजार २२५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

यस्तै, गुडवील फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५.२८, बोटलर्स नेपाल ३.९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८३ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६३, अपि पावर कम्पनी २.६०, रिलायन्स फाइनान्स २.६०, नागरिक लगानी कोष २.३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.११ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ४ : ३२ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन