ओमान सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित « Khabarhub

ओमान सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको छ ।

६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो । ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा समेटिएका थिए ।

ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा आउट भएका थिए । त्यस्तै नेपालका लागि सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भएका थिए । ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए
।

६५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको ओमानले ११ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ६ : ०६ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली