समान भोल्टेजको विद्युत उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको आग्रह « Khabarhub

समान भोल्टेजको विद्युत उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको आग्रह


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिन फिङको राजकीय भ्रमणको क्रममा सहज रुपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई ठाएको पत्र अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, फुल्चोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशनमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । यस्तै भट्टेडाँडास्थित राडार स्टेशनमा निरन्तर विद्युत् उपलब्ध गराइदिन समेत ध्यानकर्षण गराएको छ ।

ती स्थानमा निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिएको चाबहिल तथा नयाँ बानेश्वरको फिडर लाइनको डेडिकेटेड विद्युत् आपूर्तिलाई समेत उच्च प्राथमिकतामा राखी निरन्तर विद्युत् आपूर्ति गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको हो ।

विद्युत्को भोल्टेजमा हुने उतार चढावले समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिइएको बताइएको छ । त्यसो त विद्युत् प्राधिकरणले यस अघि नै अत्यावश्यक स्थानमा भोल्टेजलगायतका विषयमा देखिएको समस्याको समाधान गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ गते दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदै छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ०० बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार