कोजाग्रत पूर्णिमाको दिन कांग्रेसको चियापान « Khabarhub

कोजाग्रत पूर्णिमाको दिन कांग्रेसको चियापान


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्न लागेको चियापानमा सहभागी हुन आग्रह गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो २ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन सभापति देउवाले नेता तथा कार्यकर्ता लगायत सम्पूर्णमा निमन्त्रणा गरेको हुन ।

२०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष कांग्रेसले आयोजना गर्दै आएको छ ।

सभापति देउवाले फेसबुकमा लेखेका छन्-
दशैं, तिहार, नेपाल संवत्, छ्ठ लगायत पर्वको अवसरमा नेपाली कांग्रेसले सामाजिक सद्भाव ,राष्ट्रिय एकता र मेलमिलापको लागि २०३३ सालबाट हरेक बर्षको कोजाग्रत पुर्णिामाको दिन गर्दै आईरहेको चियापान कार्यक्रम यस बर्ष पनि २०७६ असोज २६गते आइतबार कोजाग्रत पुर्णिामाकै दिन अपरान्ह २ः००देखि ५ः०० बजे सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा आयोजना गरिएकोले यहाँहरु सम्पूर्णलाई हार्दिक आमन्त्रण गर्दछौं ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ३९ बजे

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि