साग तयारीका लागि समिति संयोजक तोकिए | Khabarhub Khabarhub

साग तयारीका लागि समिति संयोजक तोकिए


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद(साग) को तयारीका लागि पोखरामा विभिन्न समितिका संयोजकहरु चयन गरिएका छन् ।

काठमाडौँपछि सागको अर्को आयोजनास्थल पोखरामा आज बसेको तयारी समितिको पहिलो बैठकले सागलाई सफल र व्यवस्थित बनाउन विभिन्न १२ समितिका संयोजक चयन गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायतको उपस्थिति तथा प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं साग खेलकूद तयारी समिति पोखराका संयोजक नरदेवी पुन मगरको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले खेलस्थल व्यवस्थापन समितिको संयोजकमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, अतिथि सत्कार संयोजकमा गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा प्रदेशसभा सदस्य दीपक कोइरालालाई तोकेको साग तयारी समिति पोखराका सचिव एवं प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

यस्तै समारोह व्यवस्थापन समितिको संयोजकमा तेज गुरुङ, प्रचारप्रसार तथा प्रकाशन संयोजकमा केशव पाठक, यातायात व्यवस्थापन संयोजक तोरण बानियाँ, आवास व्यवस्थापन संयोजक सूर्य भुजेल, सुरक्षा समिति संयोजक नेपाल प्रहरीका डिआइजी विनोद घिमिरे, स्रोतसाधन परिचालन संयोजक सञ्जीव कोइराला, खेल सामग्री उपकरण तथा पोशाक संयोजकमा सम्पन्न श्रेष्ठ, स्वयमसेवक परिचालन संयोजक विष्णु केसी, सोही समितिअन्तर्गत अतिथि सम्पर्क समिति संयोजक जगन गुरुङ, स्वास्थ्य समिति संयोजक डा.पदम खड्का रहेका छन् ।

नौ खेलका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट माग गर्नेसमेत बैठकले निर्णय गरेको छ । विभिन्न समितिलाई पूर्णता दिन तथा समितिका सचिवको रुपमा खेलकूदमा कार्यरत कर्मचारीलाई थप्ने निर्णय गरिएको कार्यालय प्रमुख योगीले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : १४ बजे

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश