अफगानिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजलाई « Khabarhub

अफगानिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजलाई


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजले जितेको छ ।

भारतको लखनउमा शनिबार भएको दोस्रो एकदिवसीयमा ४७ रनको जित निकाल्दै वेष्ट इण्डिजले सिरिज एक खेल अगावै २-० ले जितेको हो ।

योसँगै वेष्ट इण्डिजले सन् २०१४ पछि पहिलोपटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

अब दुईबीचको अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ । यस अघि बुधबार भएको पहिलो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

वेष्ट इण्डिजले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर ४ बलमा २०० रन जोड्दा अलआउट भयो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जड्रानले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रहमत शाहले ३३ तथा मोहमद नाबीले ३२ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा रोक्न रोस्टन लामर, सेल्ड्रोन कोट्रेल र हेडेन वाल्शले ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा इभिन लेविसले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । शाइ होपले ४३ रन जोड्दा सिमरन हितमायरले ३४ रन बनाए ।

अफगानिस्तानका नभिन उल हकले ३ विकेट लिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ४८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको