अफगानिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजलाई « Khabarhub

अफगानिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजलाई


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज वेष्ट इण्डिजले जितेको छ ।

भारतको लखनउमा शनिबार भएको दोस्रो एकदिवसीयमा ४७ रनको जित निकाल्दै वेष्ट इण्डिजले सिरिज एक खेल अगावै २-० ले जितेको हो ।

योसँगै वेष्ट इण्डिजले सन् २०१४ पछि पहिलोपटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

अब दुईबीचको अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ । यस अघि बुधबार भएको पहिलो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

वेष्ट इण्डिजले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर ४ बलमा २०० रन जोड्दा अलआउट भयो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जड्रानले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रहमत शाहले ३३ तथा मोहमद नाबीले ३२ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा रोक्न रोस्टन लामर, सेल्ड्रोन कोट्रेल र हेडेन वाल्शले ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा इभिन लेविसले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । शाइ होपले ४३ रन जोड्दा सिमरन हितमायरले ३४ रन बनाए ।

अफगानिस्तानका नभिन उल हकले ३ विकेट लिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ४८ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी