घर किन्न बैंकबाट कर्जा लिँदै हुनुहुन्छ, के कस्ता प्रक्रिया पुर्‍याउँनुपर्छ ? | Khabarhub Khabarhub

घर किन्न बैंकबाट कर्जा लिँदै हुनुहुन्छ, के कस्ता प्रक्रिया पुर्‍याउँनुपर्छ ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डमा पूरा गर्नेहरुलाई घरजग्गा गरिदका लागि ऋण प्रदान गर्ने गर्छ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ ।

जसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन समेत सकिन्छ ।

के के चाहिन्छन् कागजात ?

बैंक मार्फत कर्जा लिनका लागि ग्राहकले आफ्नो अचल सम्पत्ति धितोबन्धक राख्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त ऋणी तथा व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको श्रोत हुन जरुरी छ भने एक बर्ष अवधिको बैंक स्टेटमेन्ट समेत पेश गर्नुपर्छ । त्यसपश्चात ऋण लिने ग्राहकले बैंकद्धारा तोकिएको कर्जाको माग आवेदन फारम भर्नुपर्ने हुन्छ ।

कर्जा माग आवेदनसँगै निम्न कागजातहरु आवश्यक पर्दछ :

  • कर्जा लिन चाहाने व्यक्तिको नागरीकता वा पासपोर्ट,
  • ऋणीको पासपोर्ट साइजको फोटो
  • ऋण लिने ब्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयश्रोत सम्बन्धी विवरणहरु,
  • बैंकबाट कर्जा लिनको लागि राखिने धितो बन्धक राख्ने सम्पत्तिको चार किल्ला प्रमाणित भएको लालपुर्जा,
  • सम्पत्तिको बाटो खुल्ने कागजात,
  • सम्पत्तिको तिरो तिरेको कागज (जुन वडा कार्यालयमा पाइन्छ)
  • धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र,
  • घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र
  • कानूनी रुपमा दर्ता भएका संघसंस्थाहरुमा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा उनीहरुको तलब सम्बन्धि कागजात,
  • घर भाडा मार्फत आम्दानी गर्नेहरुको हकमा घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र
  • वैदेशिक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात ।

धितो मूल्यांकन

आवेदन बुझाईसकेपछि बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छन् । प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको मार्केट भ्यालुु निकाल्छ बैंकले । सोपछि त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन् । अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ ।

मासिक किस्ता हिसाब

मासिक किस्ता ईएमआई कति रकम तिर्नुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ । यसका लागि स्मार्ट फोनमा कुनै ईएमआई क्यालकुलेटर एप्लिकेशन डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

बैंकहरूको वेबसाइटमा पनि इएमआई क्यालकुलेटर राखेको हुन्छ । त्यहाँ तपाईंले मासिक किस्ताको हिसाब निकाल्न सक्नुहुन्छ । तपाईंसँग बीचबीचमा आम्दानी बढ्यो भने कर्जा अवधिलाई घटाउन पनि सक्नुहुन्छ । वा अलिक बढी रकम भए त्यो तिरिदिएर बाँकी ऋणको ब्याज र किस्ता पनि तिर्न पाइने राष्ट्र बैंकको व्यवस्था छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ०९ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका