नेपाल प्रहरीको ‘विशेष ब्युरो’ दक्षिण एसियामै अब्बल ! « Khabarhub

नेपाल प्रहरीको ‘विशेष ब्युरो’ दक्षिण एसियामै अब्बल !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ।

नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ।

अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी गरेको पनि गोरखापत्र दैनिकमा खबर छ ।

‘नेपाल आतङ्कवादी समूहको प्रयोग भूमि हुनसक्ने कुरामा कुनै दम छैन,’ गृह मन्त्रालय सम्बद्ध अधिकारी भन्छन्, ‘संयुक्त राज्य अमेरिका र भारतले कतिपय अवस्थामा औंल्याएको जस्तो सुरक्षा अवस्थामा नेपाल विलकुलै कमजोर छैन, बरु अब्बल छ।’

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था र खुला सिमानाको सुरक्षा संवेदनशीलताप्रति सरकार गम्भीर छ। अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले विमानस्थल अध्यागमन सुरक्षा जाँच अबको एक महिनाभित्र प्रविधिबाट हुन लागेको बताए ।

‘स्वदेशमै निर्मित ‘नेपाली पोर्ट सिस्टम (सफ्टवेयर)’ जडान हुँदैछ, मानवीय कमीकमजोरी छन् भने पनि अब प्रविधिले औँल्याउने छ, बाहिरी हल्लाको पछि लाग्नुभन्दा आन्तरिक सुरक्षा व्यवस्था मजबुत तुल्याउन सक्रिय छौं,’ उनले भने ।

अध्यागमन सुरक्षा व्यवस्था मान्छेले होइन, प्रविधिले गर्ने भएकाले ढुक्क हुन आग्रह गर्दै उहाँले नियतवस गरिने मानवीय कमीकमजोरीबाहेक प्राविधिक तथा सुरक्षा कमजोरी नरहेको दाबी गरे ।

सरकारले अमेरिकी पाइसेज सफ्टवेयरको सट्टा स्वदेशी पोर्ट सिस्टम राख्ने तयारी गरेको हो। ‘अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन जस्तो सुरक्षा अवस्था कमजोर छैन तर पनि यो विषयलाई गम्भीर रूपमा लिएका छौं,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोख्रेल भन्छन्, ‘विमानस्थलको सुरक्षा सुधारका लागि आगमन र प्रस्थान कक्षमा सुरक्षा जाँच बढाउन जरुरी छ।’

नेपाल पर्यटन वर्ष–२०२० अघि नै यो कार्य सम्पन्न गर्नुपर्ने हुन्छ। उनका अनुसार पास वितरणमा कडाइ तथा व्यक्ति डाटा रेकर्ड प्रविधि छिट्टै जडान गर्नुपर्ने देखिन्छ। उनले भने, ‘सुरक्षा चासो राख्नु स्वाभाविक हो तर बुँदागत कमीकमजोरी नऔँल्याउँदा सत्यता देखिएन।’

त्यस्तै नेपाल–भारतबीचको खुला सीमा आतङ्कवादी समूह घुसपैठका लागि सहज भएको उल्लेख गरिए पनि यसमा नेपालका तर्फबाट कुनै कमजोरी नभएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठको भनाइ छ। भारतसँग सीमा जोडिएका १०७ नाकामा सशस्त्र प्रहरी खटाइएको छ।

ती नाकाहरूको केन्द्रबाट नै अनुगमन गर्न सकिने गरी ‘अत्याधुनिक पीटीजेड’ सीसी क्यामेरा जडान गरिएको छ । श्रेष्ठले भने, ‘तीबाहेक अन्य स–साना नाकाबाट हुने घुसपैठ नियन्त्रण गर्न समस्या छ। नेपाल र भारतबीचको जस्तो खुला सीमा विश्वका अन्य देशले अपनाएको पाइँदैन।’

भारतीय सीमामा तैनाथ सुरक्षा निकायसँग समन्वय गरी सूचना आदानप्रदान गरिरहेका छौँ, शङ्कास्पद गतिविधि देखिएमा नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए ।

अमेरिकी विदेश मन्त्रालयले यही कात्तिक १५ गते सार्वजनिक गरेको आतङ्कवादी समूह विभिन्न मुलुकको सुरक्षा अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन–२०१९ ले नेपाललाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहको घुसपैठ र आश्रय स्थल हुनसक्ने भनी चासो देखाएपछि अधिकारीहरूबाट यस्तो प्रतिक्रिया आएको हो।

विशेषगरी नेपाल–भारत खुला सीमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुरक्षा अवस्थालाई दर्साउँदै अन्तर्राष्ट्रिय आतङ्कवादी समूहको सहजै घुसपैठ र लुकेर बस्नसक्ने समस्या औंल्याइएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : २३ बजे

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका