अध्ययन भन्छ- वायु प्रदूषण पनि मधुमेहको मुख्य कारक « Khabarhub

अध्ययन भन्छ- वायु प्रदूषण पनि मधुमेहको मुख्य कारक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बढ्दो वायु प्रदुुषणका कारण विभिन्न रोगहरुको संक्रमण हुने गर्छ ।  यो विषय सबैलाई थाहा भए पनि वायु प्रदूषणले मधुमेहको खतरा झन बढ्ने गरेको एक अध्ययनले देखाएको छ ।

वाशिङ्गटन युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको अनुसन्धानले प्रदूषणको स्तर घटाउन सक्ने हो भने भारतजस्ता निकै प्रदुषित भएका मुलुकमा मधुमेहको स्तर घट्ने छ ।

विश्वमा मधुमेह अन्य रोगभन्दा निकै तीब्र गतिमा फैलिएको छ । यसको प्रमुख कारण अस्वस्थकर खानपान, शारीरिक हिसाबले निष्क्रिय जीवनशैली, मोटोपना लगायत हुन् । तरपनि नयाँ अध्ययनले मधुमेहको संक्रमण बढ्नुमा वायु प्रदूषण पनि एक कारक रहेको देखाएको हो ।

विश्वभर ४२ करोड मानिस मधुमेहका रोगी छन् । तीमध्ये ३ करोड अमेरिकी छन् । प्रमुुख अनुसन्धानकर्ता डा. जियाद अल अलिले अमेरिकी वातावरण संरक्षण एजेन्सी र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित मानेको निकै कम स्तरको वायु प्रदूषणले पनि खतरा बढाउने अनुसन्धानकका क्रममा पाइएको बताए ।

अध्ययनअनुसार वायुप्रदुषणबाट विश्वभर ७० लाख मानिसको ज्यान जाने गरेको छ । वायुप्रदुषणको मुल्याङ्कन गर्ने क्रममा अनुसन्धानकर्ताहरुले धुलो, धुवाँ र तरलका सुक्ष्म भागको अनुसन्धान गरेका थिए ।

वातावरणमा भएका यस्ता तत्व फोक्सोमा गई रक्तसन्चार प्रक्रियालाई अवरोध गर्छ, जसबाट मुटुरोग, स्ट्रोक, क्यान्सर र मिर्गौला रोग लाग्न सक्ने उनीहरुको अध्ययनबाट पत्ता लागेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको