अध्ययन भन्छ- वायु प्रदूषण पनि मधुमेहको मुख्य कारक | Khabarhub Khabarhub

अध्ययन भन्छ- वायु प्रदूषण पनि मधुमेहको मुख्य कारक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बढ्दो वायु प्रदुुषणका कारण विभिन्न रोगहरुको संक्रमण हुने गर्छ ।  यो विषय सबैलाई थाहा भए पनि वायु प्रदूषणले मधुमेहको खतरा झन बढ्ने गरेको एक अध्ययनले देखाएको छ ।

वाशिङ्गटन युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको अनुसन्धानले प्रदूषणको स्तर घटाउन सक्ने हो भने भारतजस्ता निकै प्रदुषित भएका मुलुकमा मधुमेहको स्तर घट्ने छ ।

विश्वमा मधुमेह अन्य रोगभन्दा निकै तीब्र गतिमा फैलिएको छ । यसको प्रमुख कारण अस्वस्थकर खानपान, शारीरिक हिसाबले निष्क्रिय जीवनशैली, मोटोपना लगायत हुन् । तरपनि नयाँ अध्ययनले मधुमेहको संक्रमण बढ्नुमा वायु प्रदूषण पनि एक कारक रहेको देखाएको हो ।

विश्वभर ४२ करोड मानिस मधुमेहका रोगी छन् । तीमध्ये ३ करोड अमेरिकी छन् । प्रमुुख अनुसन्धानकर्ता डा. जियाद अल अलिले अमेरिकी वातावरण संरक्षण एजेन्सी र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित मानेको निकै कम स्तरको वायु प्रदूषणले पनि खतरा बढाउने अनुसन्धानकका क्रममा पाइएको बताए ।

अध्ययनअनुसार वायुप्रदुषणबाट विश्वभर ७० लाख मानिसको ज्यान जाने गरेको छ । वायुप्रदुषणको मुल्याङ्कन गर्ने क्रममा अनुसन्धानकर्ताहरुले धुलो, धुवाँ र तरलका सुक्ष्म भागको अनुसन्धान गरेका थिए ।

वातावरणमा भएका यस्ता तत्व फोक्सोमा गई रक्तसन्चार प्रक्रियालाई अवरोध गर्छ, जसबाट मुटुरोग, स्ट्रोक, क्यान्सर र मिर्गौला रोग लाग्न सक्ने उनीहरुको अध्ययनबाट पत्ता लागेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ५२ बजे

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको

एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध

काठमाडौं– सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका