यस्ता छन् कागतीका १० फाइदा  « Khabarhub

यस्ता छन् कागतीका १० फाइदा 


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भिटामिन सी पर्याप्त मात्रामा पाइने कागतीलाई आन्तरिक एवं बाह्य स्वास्थ्यको रक्षाका लागि प्रयोग गर्न सकिन्छ ।

कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ। कागती खानुका केही फाइदा हामीले यहाँ प्रस्तुत गरेका छौं-

१. कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं साैन्दर्यवर्धक फल हाे। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ।

२. कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ। प्रशस्त मात्रामा यस्तो कागती पानी पिउनाले अनुहारमा डण्डीफोर हटाउन मद्दत पुग्छ ।

३. पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ।

४. कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ।

५. कागतीको रसमा जिराको धुलो राखेर पिउनाले लामाे यात्रामा बान्ता हुने समस्या आउँदैन । लामो यात्रामा बान्ता होला जस्तो भएमा कागती सुँघ्नाले पनि फाइदा पुग्छ।

६. खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटाेपन घटाउन समेत मद्दत गर्छ।

७. गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ। कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ।

८. अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोग नाश हुन्छ। कागतीले शरीरमा भएका दूषित पदार्थ बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

९. कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

१०. कागतीको रसमा चिनी राखेर पिउनाले पित्तरोगलाई फाइदा पुग्छ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : २९ बजे

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन

सम्राको शतक र कुशलको अर्धशतकले पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले

तस्बिरमा हेर्नुहोस्, पोखराको ब्याटिङ र कर्णालीको बलिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र