प्रिमियर लिगमा आर्सनल पराजित, लेस्टर सिटी दोस्रो स्थानमा | Khabarhub Khabarhub

प्रिमियर लिगमा आर्सनल पराजित, लेस्टर सिटी दोस्रो स्थानमा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई हराउँदै लेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको हो।

लेस्टर सिटीले आर्सनललाई २–० ले हरायो। लेस्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरे। गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो। खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहम र क्रिश्चियन पुलिसिचले एक एक गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले साउथह्याम्पटनलाई २–१ ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले तथा न्युकासल युनाइटेडले बर्नमाउथलाई २–१ ले हराएका छन्। गएराती टोटनह्याम हट्सपरलाई शेफिल्ड युनाईटेडले १–१ गोलको बराबरीमा रोकेको छ ।

गएरातिका खेलहरुपछि १२ खेलबाट २६ अंक जोड्दै लेस्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान २६ अंक जोडेको चेल्सी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी २५ अंकसहित चौथो स्थानमा झर्दा शीर्ष स्थानको लिरभपुलको ३१ अंक छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : २८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले