सीमाबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो « Khabarhub

सीमाबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ ।

समितिका सदस्यहरुले नक्साबारे प्रधानमन्त्री केपी ओलीसँग छलफलको माग गरेपछि सोमबार(भोलि) प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाइएको हो ।

त्यस्तै प्रतिनिधिसभाको अन्तर्रष्ट्रिय सम्बन्ध समितिले सोमबार नै भारतीय नक्सामा नेपाली भूमि रहेको बारे छलफल गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।
परराष्ट्र मन्त्रालयले यसअघि विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताएको थियो ।

यसअघि हिजो(शनिवार) प्रधानमन्त्री ओलीले सीमा मिचिएको विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका थिए । पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुसहभागी उक्त बैठकले मिचिएको भूमि फिर्ता ल्याउनका लागि नेपालले कुटनीतिक पहल गर्नुपर्ने निचोज निकालेका थिए ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी लगायतका स्थान परेको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ५० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका