गुगलले प्ले स्टोरलाई थप सुरक्षित बनाउँने | Khabarhub Khabarhub

गुगलले प्ले स्टोरलाई थप सुरक्षित बनाउँने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्ले स्टोर असुरक्षित बन्दै गएपछि गुगलले त्यसलाई सुधार गर्दै अझ सुरक्षित बनाउने भएको छ । पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएका छन् ।

केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त (विज्ञापन देखाउने भाइरस) एप्स भेटिएको जनाएका थिए ।

उनीहरूले आफूले भेटेका त्यस्ता एप्सको विषयमा गूगललाई जानकारी गराइ हटाउन लगाएका थिए ।

जसमा ४२ वटा एप्सहरू एडवेयर रहेको उल्लेख थियो । त्यस्ता एपहरूले अनावश्यक रुपमा विज्ञापनहरू दिएर प्रयोगकर्तालाई असर पारिरहेको अनुसन्धानकर्ताहरूको निश्कर्ष थियो ।

ईसेटका अनुसार ती ४२ वटा एप्स अहिलेसम्म कूल मिलाएर ८० लाख पटक डाउनलोड भइसकेको जनाइएको छ । जुन प्रयोगकर्ताका लागि जोखिमपूर्ण रहेको बताइएको थियो । यस्ता घटाना प्ले स्टोरमा धेरै लामो समयदेखि फेला पर्दै आएका छन् ।

त्यसैको समाधानका लागि गूगलले सेक्यूरिटी फर्महरूसँग सहकार्य सुरु गरेको हो । जसमार्फत हानिकारक एप्सहरू प्लेस्टोरबाट हटाईने उल्लेख गरिएको छ ।

त्यसका लागि कम्पनीले हालै मोबाइल सेक्यूरिटी कम्पनी इसेट, लुकआउट र जिम्पेरियमसँग सहकार्य गर्ने छ । ती कम्पनीहरूले गुगल प्ले स्टोरमा भएका हानिकारक एप्स र एन्ड्रोइड प्रयोगकर्तालाई हुने खतरालाई कम गर्न गुगललाई सघाउने छन् ।

यसलाई गुगलले एप डिफेन्स एलाएन्सको नाम दिएको छ । हाल गुगल प्ले स्टोरमा आधारित दुई करोड ५० लाख मोबाइल तथा डिभाइस रहेका छन् । जुन सधै ह्याकरको निशानामा पर्दै आएका छन् । प्ले स्टोरमा नदेखिने मालवेयर र सिक्रेट कोडहरू जासुसी गर्न वा प्रयोगकर्ताको संवेदनशील तथ्याङ्क र सूचना चोर्नका लागि राखिने गरिन्छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ५१ बजे

रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा मनिषा (तस्बिरहरू)

काठमाडौं– अभिनेत्री मनीषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

बागलुङको रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालन

गलकोट– बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको

शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक

सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ

सुर्खेत– सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जनाले लिए सेवा

खोटाङ– नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको