गुगलले प्ले स्टोरलाई थप सुरक्षित बनाउँने « Khabarhub

गुगलले प्ले स्टोरलाई थप सुरक्षित बनाउँने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्ले स्टोर असुरक्षित बन्दै गएपछि गुगलले त्यसलाई सुधार गर्दै अझ सुरक्षित बनाउने भएको छ । पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएका छन् ।

केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त (विज्ञापन देखाउने भाइरस) एप्स भेटिएको जनाएका थिए ।

उनीहरूले आफूले भेटेका त्यस्ता एप्सको विषयमा गूगललाई जानकारी गराइ हटाउन लगाएका थिए ।

जसमा ४२ वटा एप्सहरू एडवेयर रहेको उल्लेख थियो । त्यस्ता एपहरूले अनावश्यक रुपमा विज्ञापनहरू दिएर प्रयोगकर्तालाई असर पारिरहेको अनुसन्धानकर्ताहरूको निश्कर्ष थियो ।

ईसेटका अनुसार ती ४२ वटा एप्स अहिलेसम्म कूल मिलाएर ८० लाख पटक डाउनलोड भइसकेको जनाइएको छ । जुन प्रयोगकर्ताका लागि जोखिमपूर्ण रहेको बताइएको थियो । यस्ता घटाना प्ले स्टोरमा धेरै लामो समयदेखि फेला पर्दै आएका छन् ।

त्यसैको समाधानका लागि गूगलले सेक्यूरिटी फर्महरूसँग सहकार्य सुरु गरेको हो । जसमार्फत हानिकारक एप्सहरू प्लेस्टोरबाट हटाईने उल्लेख गरिएको छ ।

त्यसका लागि कम्पनीले हालै मोबाइल सेक्यूरिटी कम्पनी इसेट, लुकआउट र जिम्पेरियमसँग सहकार्य गर्ने छ । ती कम्पनीहरूले गुगल प्ले स्टोरमा भएका हानिकारक एप्स र एन्ड्रोइड प्रयोगकर्तालाई हुने खतरालाई कम गर्न गुगललाई सघाउने छन् ।

यसलाई गुगलले एप डिफेन्स एलाएन्सको नाम दिएको छ । हाल गुगल प्ले स्टोरमा आधारित दुई करोड ५० लाख मोबाइल तथा डिभाइस रहेका छन् । जुन सधै ह्याकरको निशानामा पर्दै आएका छन् । प्ले स्टोरमा नदेखिने मालवेयर र सिक्रेट कोडहरू जासुसी गर्न वा प्रयोगकर्ताको संवेदनशील तथ्याङ्क र सूचना चोर्नका लागि राखिने गरिन्छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ५१ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा