‘जीवन काँँडा कि फूल’ को कथाले तानेपछि फिल्म बनाएँ: निर्देशक « Khabarhub

‘जीवन काँँडा कि फूल’ को कथाले तानेपछि फिल्म बनाएँ: निर्देशक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ प्रदर्शनरत छ । फिल्मलाई सिलगुढीका निर्देशक विनोद विष्टले निर्देशन गरेका हुन् ।

पुस्तक ‘जीवन काँँडा कि फूल’ माथि फिल्म बनाउन सकिने देखेकाले नै आफूले फिल्म निर्माण गरेको विष्ट बताउँछन् ।

‘मलाई यदि कुनै विषयवस्तुले छोएन भने त्यसमा फिल्म बनाउनुहुँदैन भन्ने लाग्छ, यो पुस्तकले मेरो मन छोयो, त्यसैले फिल्म बनाएँ,’ निर्देशक विष्ट भन्छन् ।

उनी पत्रिकामा पढेको एउटा लेखका आधारमा पुस्तक कस्तो होला भनेर चासो लागेपछि पुस्तक पढेको बताउँछन् ।

एक स्थानीय पत्रिकामा ‘जीवन काँडा कि फूल’ पढेर झमकलाई भेट्न धनगढी पुगेकोबारे एउटा लेख छापिएको थियो । सो लेख पढेपछि पुस्तक कस्तो रहेछ भन्ने जिज्ञासा लागेर आफूले पनि पुस्तक पढेको विष्ट बताउँछन् ।

पछि साथीहरूले पनि यो कथामा फिल्म बन्छ भन्दै हौसला दिएपछि आफूले फिल्म बनाउने सोच बनाएको विष्ट सुनाउँछन् ।

‘फिल्म बनाउने योजना भएपछि स्किृप्टका लागि पुस्तक २/३ पटक पढेँ, पुस्तकमा भएका मुख्य कुरालाई हाइलाइट गरेँ, ६/७ महिना त स्किृप्टमै लागेको थियो,’ विष्ट सुनाउँछन् ।

‘जीवन काँडा कि फूल’ ले ठूलो दर्शक समूहबाट खासै चर्चा नपाए पनि हेरेका दर्शकले भने फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । खुट्टाले लेखेर विश्वचर्चित बनेकी झमक घिमिरे शारीरिक रुपमा अशक्त भएर पनि कसरी चर्चित बनिन् भन्ने कथा फिल्ममा देख्न सकिन्छ ।

यसअघि विष्टले सङ्ग्राम, म कसरी भनौँप्रेम प्रतीक्षा गरी तीन फिल्म निर्देशन गरेका थिए । ‘जीवन काँडा कि फूल’ ले विष्टलाई थप चर्चित बनाइदिएको छ ।

फिल्ममा अवस्था थापाले बाल्यकालकी झमक घिमिरेको भूमिका निभाएकी छिन् भने काठमाडौंकी रोजिता बुद्धाचार्यले ठूली भएपछिकी झमक घिमिरेको भूमिका निभाएकी छिन् ।

यस्तै फिल्ममा सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतले समेत अभिनय गरेका छन् । फिल्म हलमा हालै रिलिज भए पनि च्यारिटी शो, स्कूलहरूमा भने प्रदर्शन हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : ५४ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन