‘जीवन काँँडा कि फूल’ को कथाले तानेपछि फिल्म बनाएँ: निर्देशक « Khabarhub

‘जीवन काँँडा कि फूल’ को कथाले तानेपछि फिल्म बनाएँ: निर्देशक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ प्रदर्शनरत छ । फिल्मलाई सिलगुढीका निर्देशक विनोद विष्टले निर्देशन गरेका हुन् ।

पुस्तक ‘जीवन काँँडा कि फूल’ माथि फिल्म बनाउन सकिने देखेकाले नै आफूले फिल्म निर्माण गरेको विष्ट बताउँछन् ।

‘मलाई यदि कुनै विषयवस्तुले छोएन भने त्यसमा फिल्म बनाउनुहुँदैन भन्ने लाग्छ, यो पुस्तकले मेरो मन छोयो, त्यसैले फिल्म बनाएँ,’ निर्देशक विष्ट भन्छन् ।

उनी पत्रिकामा पढेको एउटा लेखका आधारमा पुस्तक कस्तो होला भनेर चासो लागेपछि पुस्तक पढेको बताउँछन् ।

एक स्थानीय पत्रिकामा ‘जीवन काँडा कि फूल’ पढेर झमकलाई भेट्न धनगढी पुगेकोबारे एउटा लेख छापिएको थियो । सो लेख पढेपछि पुस्तक कस्तो रहेछ भन्ने जिज्ञासा लागेर आफूले पनि पुस्तक पढेको विष्ट बताउँछन् ।

पछि साथीहरूले पनि यो कथामा फिल्म बन्छ भन्दै हौसला दिएपछि आफूले फिल्म बनाउने सोच बनाएको विष्ट सुनाउँछन् ।

‘फिल्म बनाउने योजना भएपछि स्किृप्टका लागि पुस्तक २/३ पटक पढेँ, पुस्तकमा भएका मुख्य कुरालाई हाइलाइट गरेँ, ६/७ महिना त स्किृप्टमै लागेको थियो,’ विष्ट सुनाउँछन् ।

‘जीवन काँडा कि फूल’ ले ठूलो दर्शक समूहबाट खासै चर्चा नपाए पनि हेरेका दर्शकले भने फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । खुट्टाले लेखेर विश्वचर्चित बनेकी झमक घिमिरे शारीरिक रुपमा अशक्त भएर पनि कसरी चर्चित बनिन् भन्ने कथा फिल्ममा देख्न सकिन्छ ।

यसअघि विष्टले सङ्ग्राम, म कसरी भनौँप्रेम प्रतीक्षा गरी तीन फिल्म निर्देशन गरेका थिए । ‘जीवन काँडा कि फूल’ ले विष्टलाई थप चर्चित बनाइदिएको छ ।

फिल्ममा अवस्था थापाले बाल्यकालकी झमक घिमिरेको भूमिका निभाएकी छिन् भने काठमाडौंकी रोजिता बुद्धाचार्यले ठूली भएपछिकी झमक घिमिरेको भूमिका निभाएकी छिन् ।

यस्तै फिल्ममा सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतले समेत अभिनय गरेका छन् । फिल्म हलमा हालै रिलिज भए पनि च्यारिटी शो, स्कूलहरूमा भने प्रदर्शन हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : ५४ बजे

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत