उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारका लागि हेलिकोप्टर चार्टर « Khabarhub

उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारका लागि हेलिकोप्टर चार्टर


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले बाग्लुङ–२ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई उम्मेदवारी फिर्ताका लागि हेलिकोप्टरबाट सदरमुकाम लगेको छ ।

घर्तीलाई हेलिकोप्टर चार्टर गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिए पनि उम्मेदवारी फिर्ता गर्न भने नेकपा सफल भएन ।

बुर्तिमावाङस्थित होटल दरबारबाट हेलिकोप्टरमा राखेर घर्तीलाई सदरमुकाम लगिएको हो । तर, उम्मेवादरी फिर्ताका लागि दिइएको निर्धारित समय भित्र निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसक्दा घर्तीको उम्मेदवारी फिर्ता हुन सकेन ।

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म थियो । बागी उम्मेदवार घर्ती भने १ बजेर २० मिनेटमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

बाग्लुङ २ (ख) को उपनिर्वाचनमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ ।

घर्तीको उम्मेदवारी फिर्ता नभएसँगै चुनावी गठबन्धन गरेका नेकपा र जनमोर्चाबीच खैलाबैला मच्चिएको छ । उपनिर्वाचनमा जनमोर्चालाई उक्त क्षेत्र छाड्ने केन्द्रीय तहमा भएको सहमतिपछि नेकपाका स्थानीय कार्यकर्ता भने आक्रोसित बनेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ३ : ५३ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।